प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड अस्पतालमा, ९ बजेमात्र अस्पतालले जानकारी दिने
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
383
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर बिरामी भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । सोमबार बिहान छातीमा बढी असजिलो भएपछि उनको मनमोहन कार्डियो सेन्टरको आइसीयु कक्षमा उपचार भइरहेको हो । प्रधानमन्त्री ओली अस्पतालमा, आइसीयुमा उपचार
ओलीको स्वास्थ्य बुझ्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् ।
अस्पतालका डाक्टर अरुण सायमीका अनुसार सोमबार बिहान ९ बजेमात्रै ओलीको स्वास्थ्यबारे अस्पतालले जानकारी गराउने छ ।
ओलीको स्वास्थ्य बुझ्न नेकपाका नेता तथा कार्यकर्तासंगै अन्य दलका नेताहरु पनि पुगेका छन् ।