arrow

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा बोल्सनारो विजयी 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
bolsnoro.jpg

काठमाडौं । ब्राजिलको राष्ट्रपतीय निवार्चनमा अनुदारवादी मानिने जेयर बाल्सोनासो विजयी भएका छन् । करिब सबै मतगणनाको काम सकिसकेको अवस्थामा बोल्सनारोले ५५ प्रतिशत मत प्राप्त गरेका छन् । वामपन्थी उम्मेदवार फर्नान्डो हडाडले ४५ प्रतिशत मत पाएका छन् । 

बोल्सोनारोले भ्रष्टाचार र अत्यधिक मात्रामा हुने गरेको आपराधिक गतिविधिहरु न्यून गर्ने बोल्सनारोले बताउँदै आएका छन् । ब्राजिलमा  निर्वाचनको प्रचार निकै विभाजित बन्न पुगेको थियो । एउटाले अर्कोले जित हासिल गरेको खण्डमा ब्राजिल ठुलो समस्यामा पर्नसक्ने बताउँदै आएका थिए । 

विपक्षीहरुले भने बोल्सोनारोको जितले ब्राजिलकाको प्रजातन्त्र समस्यामा पर्नसक्ने बताउँदै आएका छन् । बोल्सोनारोले भने निवाचनमा जित हासिल गरेसँगै आगामी दिनमा ब्राजिलको संविधान, प्रजातन्त्र र स्वतन्त्रताको रक्षा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । 

बोल्सोनारोका समर्थकहरुले भने यो जितले आगामी दिनमा ब्राजिल थप सुरक्षित हुने बताउँदै आएका छन् । 
बोल्सोनारोले आगामी जनवरी १ मा शपथ ग्रहण गर्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ