arrow

श्रीमानले बञ्चरो प्रहार गरी मारे श्रीमती

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
axe-attack.jpg

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । 

राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय वसन्त परियारले श्रीमती ३५ वर्षीया सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । 

मजदूरी गरी खाने परियारले मादकपदार्थ सेवन गरी झगडा गर्दै आएका थिए । आइतबार राति छोराछोरी सुतिसकेको समयमा बञ्चरो प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् । 

हत्यारा फरार रहेको र खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ । परियारका दुई छोरा र एक छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ