प्रधानमन्त्री ओलीलाई बाहिर लैजान नपर्ने, मनमोहनमै रहने
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
247
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो सेन्टरको आइसीयुमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थबारे अस्पतालले पत्रकार सम्मेलन गरी सामान्य रहको जनाएको हो ।
ओलीको छातीमा संक्रमण देखिएको तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको हुँदा केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताइएको छ ।
ओलीको अरु स्वास्थ्य स्थिति सामान्य रहेको समेत पत्रकार सम्मेलनमा जनाइएको छ ।
बिहान ४ः३० बजे ओली अस्पतालमा भर्ना भएका थिए ।
उनलाई थप उपचारका लागि विदेश लैजाने तयारी गरिएको बताइए पनि ओलीलाई दुई तीन दिन अस्पतालमै राखेर उपचार गरिने र विदेश लैजान नपर्ने चिकित्सकले बताएका छन् ।
ओलीका यसअघि दुवै मृगौला प्रत्यारोपण गरिएको थियो । जसले गर्दा थप संक्रमण हुन सक्ने खतरा रहेको छ ।
चिनीको मात्रा घटबढ हुनुलाई खतराकै रुपमा लिइन्छ ।
अहिलेसम्म के के भयो डेभलपमेन्ट ? यी समाचारहरु पनि पढ्नुस् –