arrow

समाचारको बिषयलाई लिएर ठेकेदारद्वारा धम्की 

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
Palpa_District.png

पाल्पा । गुणस्तरहिन सामग्री प्रयोग गरि मोटरबाटो कालोपत्रे सम्बन्धी समाचार प्रसारण गरेको भन्दै निर्माण व्यवसायीले पाल्पाका पत्रकार सुनिल कार्कीलार्इ धम्की दिएका छन्  । 

जिल्ला सदुरमुकाम तानसेनको कैलाशनगर वसन्तपुर–बतासेडाडा जोड्ने सडकमा गरेको कालोपत्रेमा गुणस्तरहीन सामाग्री प्रयोग गरेर कालोपत्रे शिर्षकको समाचार जनता टेलिभिजनमा प्रसारण भएपछि रिपोर्टिङको बिषयलाई लिएर सो बाटो निर्माणको जिम्मा लिएको कम्पनीका ठेकेदार राम रानाले फोनमा धम्की दिएको पत्रकार सुनिल कार्कीले बताए । 

शिवम एण्ड ब्रद्रर्श निर्माण कम्पनीका ठेकेदार राम रानाले आइतबार साँझ ६ः२१ मा फोन गरेर जनता टेलिभिजनका पाल्पा संवाददाता सुनिल कार्कीलाई तत्काल समाचार प्रसारणबाट हटाउन लगाउदै नहटाए ठिक नहुने भनि दम्काएका हुन् । 

उक्त निर्माण कम्पनिका ठेकेदार राम राना  स्याङजाका हुन् । उनको शिवम एण्ड ब्रदर्श निर्माण कम्पनिले हाल कैलाशनगर वसन्तपुर बतासेडाडा जोड्ने सडकमा कालोपत्रेको काम गरेको छ । 

उक्त निर्माण कम्पनिले समयमै काम नगरेपछि तानसेन नगरपालिकाले सडक निर्माणको लागि जेठको आन्तिम हप्ता उपभोक्ता समिति गठन गराएको थियो । हाल उपभोक्ता समितिले कामको जिम्मा लिएर निर्माण कम्पनि शिव्म एण्ड ब्रदर्श मार्फत काम गरेको छ । 

सकड कालोपत्रेको लागि निर्माण कम्पनिले निर्माण सामग्री, लेबरको जिम्मा लिएको छ । यसमा उपभोक्ता समितिले कामको अनुगमन गर्दै आएको छ । स्वयम उपभोक्ता समिति नै काम प्रति भने असुन्तुष्ट छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ