arrow

१८८ यात्रु सवार विमान दुर्घटनाग्रस्त, कोही जिवित नरहेको आशंका

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
lion1.jpg

 काठमाडौं । लायन एयरलाइन्सको फ़्लाइट बोइङ ७३७ विमान दुर्घटनामा परेको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भर्ने वित्तिकै दुर्घटनामा परेको छ । 

जकार्ताबाट पंगकलका लागि उडान भर्दै गरेको फ्लाइट जेटी  ६१० विमान दुर्घटनामा परेको अधिकारीले बताएका छन् । 

उडान भरेको केही मिनेटपछि नै विमान सम्पर्क विहिन भएको बीबीसीले उल्लेख गरेको छ । 

एक पत्रकार सम्मेलन मार्फत अधिकारीहरुले विमानमा १८८ वयस्क, एक नवजात शिशु र दुइ बच्चा रहेको जनाएका छन् । विमान पानीमा दुर्घटनाग्रस्त भएको र पानी मुनी ३० देखि ४० मिटर गहिराइमा रहेको बताइएको छ । 

विमानमा सवार कसैको जिवितै उद्दार गर्न सक्ने सम्भावना नरहेको बताइएको छ । 

Relatives of passengers of Lion Air flight JT610 that crashed into the sea, arrive at crisis center at Soekarno Hatta International airport near Jakarta, Indonesia, October 29, 2018.

 

Lion Air flight 904 in the sea off Bali in 2013



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ