arrow

गलकोट महोत्सवको मूख्य आकर्षण 'क्यानोइङ्ग'

logo
कौरव खत्री,
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
kanoin.jpg

गुल्मी। बाग्लुङ्गको गलकोटमा सञ्चालन भएको प्रथम गलकोट महोत्सवमा क्यानोइङ्ग प्रमुख आर्कषक बन्ने भएको छ ।

महोत्सवमा जिल्लाकै पहिलो गलकोट नगरपालिका ३ सहश्रधारामा रहेको ७८ मिटर अग्लो जल साहसिक खेल क्यानोइङ्ग यहि १७ गते र १८ गते खेलिने हुदा त्यसको प्रत्यक्ष अवलोकन गर्न आग्रह गदै महोत्सवले गर्दा क्यानोइङ्गको प्रचार प्रसारमा थप बल पुर्‍याउने र पछिल्लो समयमा  आएर क्यानोइङ्ग खेलमा आन्तरिक पर्यटकहरुको आर्कषण समेत बढ्दो रहेको गलकोट नगरपालिका ३ बाग्लुङ्गका वडाअध्यक्ष विर जङ्ग भण्डारीले जानकारी दिए ।

साथै यतिबेला क्यानोइङ्गमा पूर्वाधार निर्माणको कार्य अगाडी बढिरहेको हुनाले त्यसका लागि गलकोट नगरपालिकाले आर्थिक सहयोग  गरेको भण्डारीले बताए  ।

गत साल फाल्गुन र चैत्र महिना गरि २ पटक क्यानोइङ्गको सफल परीक्षण गरिसकिएको समेत गलकोट नगरपालिका ३ का वडाअध्यक्ष भण्डारीले बताए ।  

महोत्सवमा आर्गनिक खाना,लोक संस्कृति तथा खेलकुद हेलिकप्टरबाट गलकोट क्षेत्रको दृश्य अवलोकन लगायत महोत्सवका मूख्य आकर्षण रहेको  बाग्लुङ्ग उद्योग वाणिज्य संघ, गलकोट इकाईका अध्यक्ष  विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

गत ९ गतेदेखि सञ्चालन भएको प्रथम गलकोट महोत्सव १० दिनसम्म सञ्चालन हुने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ