arrow

मिनी फेवातालमा आन्तरिक पर्यटक बढे

logo
सीता डोटेल,
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
mini-fewa2.jpg

पाल्पा । पाल्पाको पर्यटकीय गन्तव्यको रुपमा परिचित रामपुरको तालपोखरामा यतिबेला पर्यटकको चाप बढेको छ । यहाँका स्थानीयले मिनी फेवातालको रुपमा विकास गरेको तालपोखरा अबलोकनमा आउनेको संख्या चाडपर्वको बेला ह्वात्तै बढेको हो ।

रामपुर नगरपालिकाको मुख्य बजारबाट १० मिनेटमा पुग्न सकिने वडा नम्बर ६ मा रहेको तालपोखरामा क्षेत्रमा डुङ्गामा तालमा सयर गर्न डुङ्गा चढेर तालको बिचमा रहेको मन्दिरमा दर्शन गर्न  जान र ताल नजिक रहेको पार्कमा रमाउन तथा फोटो लिनेहरुको बिहानैदेखि साझँ अबेरसम्म भिडभाड लाग्ने गरेको तालपोखरा संरक्षण समितिले जनाएको छ ।

भ्रमणको लागि उपयुक्त सिजन चाडपर्व शुरु भएसँगै तालपोखरा घुम्न आउने पर्यटकको संख्या ह्वातै बढेको तालपोखरा संरक्षण समितिले जनाएको छ । दैनिक ५० जनाको हाराहारीमा तालपोखरामा डुङ्गा सयरलाई पुग्ने पर्यटक अहिले चाडपर्वका बेला दैनिक ३ सय भन्दा बढीले दैनिक डुङ्गा चढेर मन्दिर पुग्ने गरेको ताल पोखरा संरक्षण समितिका सदस्य सुनिल देवकोटोले बताए । जति आन्तरिक पर्यटक आउनुभएको छ यसले तालपोखराको महिमा बढाएको छ देवकोटाले भने–अबलोकन गर्न आउनेहरुलाई मध्यनजर गर्दै २ डुङ्गा चालक थपेका छौ । केही स्थानीयले स्वयंम्सेवकका रुपमा काम गरिरहेका छन् ।

३ वटा डुङ्गा चलिरहेको तालपोखरामा यतिवेला डुङ्गा अभाब खड्एिको देवकोटाले बताए । मानिसको चाप बढिरहेकाले डुङ्गा थपको प्रक्रिया अगाडी बढाएको उनले जानकारी दिए । डुङ्गामा शयर गरि मन्दिर जान आउन प्रतिव्यक्ति ५० रुपँया टिकट छ भने आधा घण्टालाई डुङ्गा प्याकेज ३ सय रहेको समितिले जनाएको छ ।

झण्डै ४ विघा क्षेत्रफलमा फैलिएको तालपोखरा क्षेत्रमा तालको बिचमा उठाइएको भागमा जलेश्वर महादेवको मन्दिर छ । ताल प्रवेश गेट अगाडी सडकदेखि अर्काे साइडमा फुलबारी सहितको पार्क छ । तालपोखरा क्षेत्रमा अबलोकनका लागि जानेको संख्या झनै ठुलो रहेको स्वयंम्सेवक दिपक भण्डारीले बताए । रामपुर भ्रमणको पहिलो गन्तव्य बनेको छ तालपोखरा । यस क्षेत्रमा आउने नयाँ जो कोही पनि तालपोखरा आउने गरेको अनुभव आफुले अबलोकनकर्ताबाट पाएको उनले सुनाए । रोजगारी र उच्च शिक्षाको लागि बाहिर गएकाहरु नेपालीहरुको महान पर्व दशैं तिहार लगायतका चाडपर्वमा गाँउमा आउने र आफन्तीकहाँ आउने नातागोता तथा संस्था बिद्यालयहरु लामो समय विदा भएकाले पनि भ्रमणमा आउनेहरुको संख्या बढेको हो ।

एक दशक अघि हालका नगर प्रमुख रमण बहादुर थापाको संयोजकत्वमा गठित महायज्ञ मुल आयोजक समितिले धनधान्याञ्चल महायज्ञ गरि सञ्चालन समितिले फेवातालको निर्माण कार्य शुरु गरेको हो । गत फागुनको शिवरात्रीमा ताल तथा मन्दिर उद्घाटन गरि पर्यटकीय गन्तव्यका लागि तालपोखरा क्षेत्र खुलाइएको हो । तालपोखरा अबलोकनका लागि आएका शंकर न्यौपानेले रामपुरको चिनारी यसले बोकेको बताए । फोटो र भिडियोमा देखेको थिए कुन बेला पुगौं भएको थियो रोजगारको सिलसिलामा पश्चिम दैलेख रहेका न्यौपानेले भने– प्रत्यक्ष देख्दा झनै उत्साह बढ्यो ।

विदाको समयमा रामपुर घुम्न आएकी पोखराकी विमला हिराचनले पहाडी क्षेत्र भएपनि रामपुर आफुले सोचेको भन्दा पनि ठूलो क्षेत्र रहेको बताईन् । तालै तालको शहरमा पोखरामा बसेपनि मानिसले आफैं बनाएको ताल अहिले देखेको उनले बताइन् । पोखराका ताल प्रकृतिले बनाएको हो तर यहाँँका नागरिकमा कस्तो उत्साह हिराचनले तालपोखरा निर्माणको मेहेनत देखेर दंग परिन् । यहाँका मानिसको काम प्रशंसायिन छ उनले भनिन् तर पानी अझै सफा राख्न सके अझै राम्रो हुन्थ्यो ।
 
तालपोखरा निर्माणको केही समय कालीगण्डकी किनारबाट तानेर पानी राख्ने गरेकोमा समितिले हाल रामपुर नहरको पानी समय–समयमा राख्दै आएको छ ।

रामपुर ८ का सन्देश घिमिरेले सधैं आइरहेपनि साथीहरुसँग रमाइलो घुमफिरका लागि तालपोखरामा आएको बताए । उनीजस्तै धेरै स्थानीयहरु आफन्ती साथीभाईसँग तालपोखरा पुग्ने गरेका छन् । रामपुरमा दर्जन अटो व्यवसायी छन् । हाल दैनिक ६÷७ पटक तालपोखरा जाने आउने गरेको बताए । सधै शनिवारको दिन भिड हुन्थ्यो अटो चालक मिलन गैरेले भने–दशै अगाडीबाट अटो रिर्जब गरेर आउनेको संख्या ह्वात्तै बढेको छ ।

   तालपोखरा अवलोकनका लागि स्याङ्गजा, गुल्मी, रुपन्देही, नवलपुर, नवलपरासी, तनहुँ, पोखरा, नेपालगञ्ज लगाएत बिभिन्न जिल्लाहरुबाट आउने गरेका छन् । क्यानडा लगाएत केही विदेशी नागरिक समेत पुग्ने अबलोकनमा आएको समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ