arrow

अतिराष्ट्रवादले निम्त्याएको चुनौती 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
EU.jpeg

काठमाडौं । युरोप विभिन्न किसिमका राजनीतिक समस्याहरुको सामना गरिरहेको छ । यससँगै युरोपमाथि अमेरिकी प्रभाव कमजोर बन्दै गएको देखिन्छ भने युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाजहरु पनि उठिरहेका छन् । 

यस्तोमा समग्र विश्व विशेषगरी अमेरिकाको राजनीतिक नाटकमा केन्द्रित रहेको देखिन्छ । नोभेम्बर ६ मा हुन गइरहेको अमेरिकाको मध्यावधि निर्वाचनको विषयमा अहिले अमेरिकाको विभिन्न किसिमको राजनीतिक अन्योलहरु देखिँदै गरेको पाइन्छ । 

विभिन्न किसिमका समस्याहरुको बीचमा युरोपियन युनियनमाथि अहिले दीर्घकालीन योजना र भूराजनैतिक प्रभावको विषयमा  भने जोखिम उत्पन्न भएको देख्न सकिन्छ ।  पछिल्लो समय बढिरहेको अति राष्ट्रवाद र सस्तो लोकप्रियताको कारण ईयू समस्यामा पर्दै गएकोे देखिएको हो । यसै किसिमकाको राष्ट्रवाद र लोकप्रियता हासिल गर्ने तरिका युरोपमा पनि बढ्दो क्रममा रहेको छ । यसले युरोपका केही महत्वपूर्ण योजनाहरुमा नकारात्मक असर पार्नसक्ने दखिन्छ । 

विशेषगरी इटाली, बेलायत,जर्मनीजस्ता मलुकहरुमा चलिरहेको राजनीतिक प्रभावको असर युरोपका ठुला योजनाहरुमा पनि पर्नसक्छ । 

इटाली 

पछिल्लो समय ईयूमा इटालीबारेको चिन्ता बढेको छ । इटालीको बजेटको खाका ईयूले अस्वीकृत गरेसँगै इटालीमाथिको संकट बढेको हो । इटालीको अहिलेको सरकारले पनि केही नाराहरुको आधारमा निर्वाचनमा पकड बलियो बनाएको हो । अहिले इटालीको विषयमा देखिएको समस्या इटालीको मात्र नभई युरोक्षेत्रकै समस्या हो । 

निर्वाचित इटालियन नेताले ईयूमा नै रहने विषयमा प्रतिबद्धता जाहेर गरेका छन् । यद्यपि इटालीको लागि ऋणले भने ठुलो समस्या सिर्जना गर्नसक्ने बताइएको छ । अहिले इटालीसँग विश्वको तेस्रो सबैभ्दा उच्च स्तरको ऋणको समस्या रहेको छ । यसले पनि इटालीमा आर्थिक समस्या देखिएको हो । 

विभिन्न आर्थिक निकायहरुले इटालीको यो ऋणको विषयमा चेतावनी दिँदै आएका छन् । इटालीका नेतृत्वले अहिले अपेक्षा गरिएअनुसारको नतिजा भने दिन सकेको छैन । यसअघिका वाचाहरु पूरा गर्नका लागि पनि इटालीको सरकारमाथि सार्वजनिक दबाब बढ्दो क्रममा रहेको देखिन्छ । 

ब्रेक्जिट

युरोपमा अति राष्ट्रवाद तथा सस्तो लोकप्रियताको माध्यमबाट निस्केको अर्को समस्या ब्रेक्जिटको समस्या हो । यो महिनामा बेलायत र ईयूले यसलाई टुङ्ग्याउन नसक्ने देखिन्छ । यस साता बेलायती प्रधानमन्त्री थेरेसा मेले यो सम्झौताको खाकामा सहमति जुटाउन पनि सकिनन् । अहिले बेलायत कुनै सम्झौता विना नै ईयूबाट बाहिरिने तरखरमा रहेको देखिन्छ । 

यसले भने आगामी दिनमा समस्या सिर्जना हुनसक्ने भन्दै विश्लेषकहरुले चेतावनी पनि दिँदै आएका छन् । ईयूको दोस्रो सबैभन्दा ठुलो अर्थतन्त्र बोकेको मुलुक बाहिरिनुले पक्कै पनि ईयू समस्यामा पर्नसक्ने अधिकारीहरु बताउँछन् ।

जर्मनी 

युरोपियन मुलुकहरुमध्येको महत्वपूर्ण जर्मनीले पनि अहिले सोही समस्याको सामना गरिरहेको छ । फ्रान्ससँगै जर्मनी पनि दोस्रो विश्वयुद्धपछि युरोपको खम्बाको रुपमा रहेको छ । पछिल्लो समय भने जर्मनी पनि राजनीतिक विभाजनको मारमा परेको छ । आइतबार जर्मनीको फ्रान्कफ्रुटमा भएको निर्वाचनमा एन्जेल मर्केलको पार्टी हार्नसक्ने सर्वेक्षणले देखाएको छ । जुन उनको पार्टीको लागि पछिल्लो ५० वर्षकै सबैभन्दा नराम्रो नतिजा हुनेछ । लामो समयदेखि युरोपको प्रभावशाली व्यक्तिको रुपमा रहेकी उनको राजनीतिक जीवनमा समस्या सिर्जना गर्नसक्ने देखिन्छ । 

सन् २०१९ मा युरोपियन संसदको लागि निर्वाचन हुनेछ । यो निर्वाचनमा पनि सस्तो लोकप्रियताबाट चुनिएका सरकार र त्यसभन्दा बाहिरका मुलुकहरुको बीचमा प्रतिस्पर्धा हुनसक्ने देखिन्छ । जसमा फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स र अन्य मुलुकहरु एकातर्फ रहनेछन् भने इटाली, हंगेरीलगायतका मुलुकहरु अर्को पक्षमा रहनेछन् । यसले ईयूले आफ्नो वास्तविक योजना र लक्ष्य हासिल गर्नसक्ने सम्भावना पनि साँघुरो बन्दै गएको देखिएको हो । 

अमेरिकाको लागि यसको के अर्थ हुन्छ ? 

अमेरिकाको युरोपको प्रभावलाई भने त्यतिकै वेवास्ता पनि सकिँदैन । यद्यपि अहिलेको अवस्थामा भने युरोपियन मुलुकहरुको एकताको विषयमा अमेरिकाको भूमिका पहिलाको जस्तो रहने सम्भावना निकै कम रहेको देखिन्छ । अहिलेको २८ सदस्यीय ईयूको संगठन अमेरिकाको लागि विदेश नीतिको हिसाबमा निकै महत्वपूर्ण क्षेत्र हो । 

पछिल्लो सात दशकमा यो क्षेत्रमा अमेरिकाको प्रभाव निकै महत्वपूर्ण रहेको देखिन्छ । यस्तोमा पछिल्लो समय देखिएको राजनीतिक समस्याले भने अमेरिकालाई यो क्षेत्रमा थप कमजोर बनाउनसक्ने देखिन्छ । युरोपका केही मुलुकहरु अहिले अमेरिकाले युरोपियन मुलुकहरुलाई वेवास्ता गर्दै अघि बढिरहेकोमा विश्वास गर्छन् । त्यसका साथै इटाली र बेलायतमा देखिएको अति राष्ट्रवादी तथा सस्तो लोकप्रियताको नारा दिएका आएको नेतृत्वले अमेरिकाको प्रभाव थप कमजोर बनाउनसक्ने बताइएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै मोडलमा युरोपमा पनि सस्तो लोकप्रियताको नारा लिएर आएका पार्टीहरु हाबी हुँदै गएका हुन् । यद्यपि युरोपको लागि अमेरिकी प्रभाव अस्वीकार गर्नु ऐतिहासिक भूल हुने विश्लेषकहरुले बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ