arrow

कोरियाली युद्ध अन्त्यको घोषणाको तयारी

logo
सिन्ह्वा,
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
north-korean-south.jpg

सोल। उत्तर र दक्षिण कोरियाबीच यसै वर्षको अन्त्यसम्ममा कोरिया युद्धको विधिवत समाप्तिको घोषणा गर्न तयारी शुरु भएको दक्षिण कोरियाले जनाएको छ। सन् १९५० देखि १९५३ सम्म कोरिया युद्ध भएको थियो। सो युद्धपछि एकीकृत कोरिया टुक्रिएर उत्तर र दक्षिण कोरिया बनेको थियो। दुई कोरियाबीच युद्धविराम गरिएको, तर औपचारिक रुपमा युद्ध समाप्त भएको घोषणा गरिएको थिएन।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यी दुई कोरियालाई टुक्र्याएको उक्त युद्धको अन्त्य भएको घोषणा अहिलेसम्म नभएकाले यसै वर्षको अन्त्यतिर सो घोषणा गर्ने तयारी भएको छ।

उत्तर र दक्षिण कोरियाबीच गएको वर्ष दिनदेखि सम्बन्धमा नाटकीय परिवर्तन आएको छ। यी दुई देशबीच उच्चस्तरीय राजनीतिक भ्रमण र भेटवार्ताहरु पनि भएका छन्।

सोमबार दक्षिण कोरियाली राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनले यहाँको संसदको बैठकमा दक्षिण कोरियाले कोरियाली युद्धको अन्त्यको घोषणा गर्ने तयारी गरिरहेको सोमबार जानकारी दिएका हुन्।

त्यस घोषणाको क्रममा दक्षिण कोरियाले उपलब्धि पनि हासिल गर्ने जानकारी दिएको समाचारमा जनाइएको छ। गत अप्रिलमा सो युद्ध अन्त्यको घोषणा यसै वर्ष गर्ने विषयमा दुवै देशबीच सहमति भएको थियो।

गत अप्रिलमा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच भएको भेटवार्ताका क्रममा यस विषयमा सहमति भएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ