वीरगन्ज। वीरगन्ज–पथलैया र परवानी पुर–बहुवरी सिक्सलेन सडक खण्डमा उठेको धुलोले बटुवा तथा स्थानीयले सास्ती खुप्नु परेको छ । सडक निर्माणको क्रममा ठेक्दारले पानी छर्ने काम नगरेको कारण उडेको धुलोले दुवै सडक खण्ड प्रयोग गर्ने बटुवादेखी सो क्षेत्रमा बसोवास गर्नेलाई ठुलो समस्या पारेको हो ।
सडक निर्माण गर्दा ठेक्दारले पानी छर्नु पर्ने कानुनी व्यवस्था भएपनि वीरगन्ज–पथलैया सिक्स लेन र परवानी पुर–बहुवरी सिक्सलेन सडक खण्डमा ठेक्दारले त्यसो नगरेकै कारण सर्वसाधारले स्वासप्रस्वासको समस्या खुप्नु गरेको छ ।
दुवै सडकमा देखिएको समस्यालाई समाधान गर्न माग गर्दै नेपाली कांग्रेस पर्साले भौतिक पूर्वधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ । नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडयाल मार्फत भौतिक पूर्वधार तथा यातायात मन्त्रिलाई ज्ञापन–पत्र बुझाउदै धुलोको समस्याबाट सर्वसाधारणलाई राहत दिलाउन माग गरेका छन् ।
द्विवेदीले बुझाएको ज्ञापन–पत्रमा दुवै सडक खण्डको सुस्त निर्माण कार्यलाई छिटो छरितो सम्पन्न गराउनु पर्ने, सडक डिभिजन कार्यालयमा चाँडै कार्यालय प्रमुखको व्यवस्था गर्नु पर्ने , परवानी पुर–बहुवरी सडक खण्डको पहिलो डिजाइनमा रहेको सडकको दुवै तर्फको नाला निर्माण गराउनु पर्ने लगायतका मागहरु राखिएको छ ।
नेपाली कांग्रेस पर्साले बुझाएको ज्ञापन–पत्र बुझदै प्रजिअ पौड्यालले बुझिएको ज्ञापन–पत्र चाँडो भन्दा चाँडो सम्बन्धित मन्त्रालयमा पठाउने प्रतिबद्धता व्यक्त गर्दै उनले निर्माण कार्य कानुन बमोजि गर्न ठेक्कदारलाई पत्रचार गर्ने जानकारी दिए ।
उनले सडक निर्माण गर्दा धुलो नउडनेगरी कार्य गराउनु पर्ने सहमतिमै उलेख भएपनि त्यसो नगरेको ठेक्दारलाई कानुन बमोजिम कार्यवाहीका लागि सिफारिस गर्ने बताए ।