ज्ञानेन्द्रले विश्वविद्यालयको प्राध्यापकबाट अर्थमन्त्री बनाएका श्रेष्ठको निधन
सञ्जीब दुलाल,
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
456
Shares
ललितपुर । अर्थशास्त्री एवं पूर्व अर्थमन्त्री डा.बद्री प्रसाद श्रेष्ठको निधन भएको छ । उनि जापानका पुर्व राजदूत,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भएका थिए ।
राष्ट्रिय पञ्चायतका पुर्व सदस्य समेत रहेका उनको सोमबार बिहान २: ५१ बजे ललितपुरको निदान अस्पतालमा निधन भएको हो । राजा ज्ञानेन्द्रको समेत आफ्नो प्रत्यक्ष शासनकालमा डा. बद्रीप्रसाद श्रेष्ठ अर्थमन्त्री रहेका थिए ।
राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा लिएको समयमा वरिष्ठ अर्थशास्त्री डा. बद्रीप्रसाद श्रेष्ठलाई विश्वविद्यालयका प्राध्यापकबाट अर्थमन्त्री बनाइएको थियो । नेपालको अर्थ ब्यवस्थाको पूर्व ज्ञाता रहेका डा श्रेष्ठको निधनले नेपालले वरिष्ठ एवं एक राम्रा अर्थशास्त्री गुमाएको छ ।
उनका श्रीमती ,छोरा र दुई छोरी रहेका छन् । उनको पार्थिव शरीरलाई नर्भिक अस्पताल थापाथलीमा राखिएको छ । दिवंगत श्रेष्ठको बुधवार पशुपती आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।