arrow

बालाजु क्षेत्रमा मंगलबार बिजुली जाने

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
balaju.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकाको वितरण प्रणाली सुधारमा लागेको नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय बालाजु वितरण केन्द्रअन्तर्गत फिडरको मर्मत तथा सम्भारलाई निरन्तरता दिएको छ ।

नयाँ बस्ती बढ्दै गएको र प्रणालीमा समेत समस्या देखिन थालेपछि प्राधिकरणले सो क्षेत्रमा विद्युत् कटौती गर्दै सुधार अगाडि बढाएको हो । वितरण केन्द्रका प्रमुख सुरज रेग्मीकाअनुसार बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तार तथा ट्रान्सफर्मरको क्षमता सुधार, चट्याङ प्रतिरोधक उपकरणलगायत जडानका लागि नियमित काम भइरहेको छ ।

सो कामका लागि मङ्गलबार बिहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म पूरानो गुह्येश्वरी, फूलबारी गेट, मुड्खु भन्ज्याङ, बतासो डाँडा, धितालचोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटङ, जितपुर हुँदै धादिङको छत्रे देउरालीसम्मको विद्युत् कटौती हुने उनले बताए ।

यस्तै मङ्गलबार नै सोही समयमा जनजागृति, रोटरी क्लब, टौडोल, शितला विद्यालय, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटारसम्म समेत विद्युत् कटौती हुने प्रमुख रेग्मीले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ