arrow

युवाहरुले गाउँपालिकामा लगाएको ताला खुल्यो, गाउँपालिका र युवाहरुबीच सम्झौता

logo
सीता डोटेल,
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
purbakhola-vdc.jpg

पाल्पा । पूर्वखोला गाउँपालिकामा युवा समूहले लगाएको ताला खुलेको छ । युवाहरुले सार्वजनिक सुनुवाई नभएको, सवारी साधन किनेको रकम, भवन निर्माणको हिसाव किताब सार्वजनिक नगरेको तथा गाउँपालिकाको गाडी मनोमानी व्यक्तिले प्रयोग गरेको भन्दै युवाहरुले आईतबार कार्यालयमा ताला लगाएका थिए ।

गाउँपालिकामा करिब २ बर्षको अबधिमा सोचे अनुरुप काम नगरेको र बारम्बार सचेत गराउदा नि वास्ता नगरेको साथै धेरै काममा अनियमितता भएको भन्दै ११ बुदे माग सहित “पुर्वखोला युवा समाज” ले पूर्वखोला गाउँपालिका कार्यालय र वडा कार्यालयमा कार्तिक ११ गते तालाबन्दी गरेको थियो ।

सोहि दिन गाउँपालिकाका प्रतिनिधि र युवा समाजका कार्यकर्ताको छलफलले १२ गते दुई पक्ष बिच बैठक बस्ने गरि ११ बुदे सम्झौता गरेअनुसार ताला खुलेको थियो ।  सोमबार पुनः गाउँपालिकका प्रतिनिधि र युवा समुहका प्रतिनिधि बिचको बैठकले सहमति जुटाएको छ ।

 गाउँपालिकाले सुशासन कायम गर्दै न्याय र पहुँचले सेवा दिदै नागरिकको सेवामा लाग्ने उद्घोष सहित दुबै पक्षबिच सहमति भई गाउँपालिका कार्यालयको काम निरन्तर चलेको छ । दुई पक्ष बिचको सहमति पत्र यस्तो छ –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ