arrow

श्रीलङ्काको राजनीतिक संकट संसदबाट समाधान गर्न सभामुखको आह्वान

logo
सिन्ह्वा,
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
srilanka.png

कोलम्बो। श्रीलङ्कामा गहिरिदै गएको राजनीतिक सङ्कट समाधान संसदबाट गर्न सभामुखले आह्वान गरेका छन्। सभामुख कारु जयसुरियाले सोमबार संसद मार्फत अहिलेको सङ्कट समाधान हुनसक्नेमा जोड दिनु भएको हो।

संसदबाट राजनीतिक निकास खोजेमा धेरैको ज्यान लिने खतराबाट मुलुकलाई जोगाउन सकिने उनको भनाई छ। गत शुक्रबार राष्ट्रपति मैत्रिपाला सिरिसेनाले एकाएक एउटा प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री नियुक्त गरेपछि राजनीतिक सङ्कट सुरु भएको हो।

उनले बाहलवाला प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई हटाएर पूर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो। राष्ट्रपतिले राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपनि सभामुख जयसुरियाले पूरानै प्रधानमन्त्रीलाई मान्यता दिएका छन्। उनले नयाँ प्रधानमन्त्रीको नियुक्ति नमिलेको तर्क गरेका छन्।

संसद बैठक तत्काल बोलाएर संसदमा जसले बहुमत पुर्‍याउछ, त्यसैलाई प्रधानमन्त्री मान्नु पर्ने उनको भनाई छ। श्रीलङ्कमा अहिले प्रधानमन्त्रीबाट अपदस्त गरिएका विक्रमासिङ्घे र नयाँ नियुक्त गरिएका राजापाक्षे दुवैले आफु नै प्रधानमन्त्री भएको दावी गर्दै आउका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ