arrow

दूतावासमा नै हरायो पत्रकार खाशोगीको शव

logo
सिन्ह्वा,
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
jamal-khashoggi-journalist-killed.jpg

इस्तावबुल। हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको शव अहिले सम्म नभेटिएको टर्कीका विदेश मन्त्रीले बताएका छन्। विदेशमन्त्री मेभलुट काभुसोग्लुले सोमबार पत्रकारहरूलाई उनको शव अहिले सम्म नभेटिएको जानकारी दिए।

साउदी अरबका मुख्य अभियोजनकर्ता शेख साउद अल माजेबले इस्तानबुलमा टर्कीका मुख्य अभियोजनकर्ता इर्फान फिडानलाई भेटेको पनि उनले बताए। पत्रकार खशोग्गीको हत्याबारे दुई जनाको भेटवार्ताका क्रममा भएका सूचना आदान प्रदान उपलब्धीमुलक भएको उनको भनाई छ।

उनीहरुबीच एक घण्टा १५ मिनेट छलफल भएको समाचारमा जनाइएको छ। आगामी दिनमा अनुसन्धानलाई कसरी अगाडी बढाउने भन्ने बारेमा पनि उनीहरुले छलफल गरेको बताइएको छ।

पत्रकार खशोग्गीको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परेका १८ जनामाथि भने साउदी अरबमा नै छानविन तथा सुनुवाई गरिने साउदी अरबका विदेशमन्त्री अदेल अल जुवैरले यसअघि नै बताएका थिए। अमेरिकी पत्रिका वासिङ्टन पोष्टका लागि कार्यरत खशोग्गीको टर्कीको इस्तानबुलस्थित महाबाणिज्य दूतावासमा अक्टोबर २ मा हत्या गरिएको थियो।

साउदी सरकारको आलोचक मानिने खशोग्गी टर्कीस्थित महाबाणिज्य दूतावासमा झडपका क्रममा मृत्य भएको स्वीकारे पनि सरकारले उनको हत्या गरिनुको खास कारण छानविनपछि मात्र थाहा हुने भन्दै बताएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ