arrow

'चीन छाड्न चाहन्छन् ७० प्रतिशत अमेरिकी कम्पनी'

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
china8.jpg

सेन्जेन । दक्षिणी चीनमा व्यापार गरिरहेका ७० प्रतिशत अमेरिकी कम्पनीहरुले आफ्नो व्यापार अर्को मुलुकमा सार्न चाहेको एक सर्वेक्षणले देखाएको छ । 

व्यापार युद्धले आफ्नो नाफा घटेसँगै अमेरिकी कम्पनीहरु चीनको व्यापारलाई लिएर चिन्तित देखिएका हुन् । अमेरिकाको चेम्बर अफ कमर्सले सार्वजनिक गररेको सर्वेक्षणमा केही कम्पनीहरुले आफ्नो चीनको लगानीमा ढिलाइ गरिरहेका छन् भने केही कम्पनीहरु आफ्नो उत्पादन अर्को कुनै मुलुकमा सार्ने तयारीमा रहेका छन् । 

अनुसन्धानको क्रममा २१९ कम्पनीहरुमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणको क्रममा ६४ प्रतिशत कम्पनीहरुले आफ्नो व्यापार चीनभन्दा बाहिरको मुलुकमा सार्ने योजना रहेका बताएका थिए । केवल एक प्रतिशतले मात्र आफ्नो उत्तर अमेरिकाको उत्पादन केन्द्रलाई विस्तार गर्ने बताएका थिए । 

विवरणमा ७० प्रतिशतभन्दा बढी कम्पनीहरुले चीनको लगानीमा ढिलाइ गर्ने वा रद्द गर्ने योजना रहेको बताएका थिए । चीनको बजारमा एकपटक सेयर घटिसकेपछि पुनः लयमा आउन निकै कठिन हुने भएकोले पनि कम्पनीहरु अर्को बजारको विषयमा सोचिरहेको विश्लेषकहरुले बताएका छन् । 

होलसेल तथा खुद्रा क्षेत्रको कम्पनीहरुले अमेरिकाको करवृद्धिको योजनाबाट विशेषरुपमा प्रभावित बनेको बताइएको छ । यो सर्वेक्षण सेप्टेम्बर २१ देखि अक्टोबर १० को बीचमा गरिएको थियो । 

सर्वेक्षणको क्रममा ८० प्रतिशतभन्दा बढीले अमेरिकाको करवृद्धिले चीनको तुलनामा धेरै प्रभाव पारेको बताएका थिए ।  ८५ प्रतिशत अमेरिकी कम्पनीहरुले दुवै मुलुकको संयुक्त करबाट प्रभावित भएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ