arrow

कांग्रेस कार्यकर्ता सबै बराबर !

logo
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसमा अब कार्यकर्ताहरु सबै एकथरी मात्र हुने भएका छन् । काँग्रेसको तयार हुँदै गरेको विधानले एकैथरी सदस्य बनाउन खोजेको छ । 

यसअघिको प्रारम्भिक मस्यौदामा चार थरी सदस्य बनाउन खोजिएको थियो । मस्यौदा समिति सदस्य प्रदीप पौडेलका अनुसार समितिले अब एक थरी सदस्यता मात्र राखेर मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको छ । 

उनका अनुसार विधान मस्यौदा अन्तिम चरणमा पुगेको छ । महासमिति बैठक सुरु हुन अब तीन हप्तामात्र बाँकी रहँदा मस्यौदा बनाउने काम पनि अन्तिम चरणमा पुगेको हो । 

महासमिति बैठककै लागि विधान संशोधनको मस्यौदा सकिनु जरुरी छ । कार्यकर्ता एकैथरी हुने भए पनि केन्द्रीय सदस्यको आकार भने बढ्ने भएको छ । संस्थापन र संस्थापन इतर पक्षबीच असमझदारी बढ्दा सदस्यहरुको संख्या केही बढ्ने छ भने सभापति बलियो बनाउन पदाधिकारी बढाउने संस्थापनको योजना भने असफल हुने भएको छ । 

महासमिति समयमै 
यसैबीच तयारी सुस्त गतिमा भइरहँदा महासमिति बैठक समयमै नहुने हो कि भन्ने आशंका बढे पनि नेताहरुले भने तयारी तीव्र भइरहेकाले बैठक समयमै हुने बताएका छन् । 

महासमिति बैठक आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।


महासमितिमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, आर्थिक प्रस्तावको तयारीमा नेताहरू लागिरहेका छन् । पार्टीको महाविधेशनपछिको सबैभन्दा ठूलो कार्यक्रम र नीतिगत प्रस्टताको जमघटमा राजनीतिक प्रतिवेदन उपसभापति विमलेन्द्र निधि, विधानको मस्यौदा महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समिति र सांगठनिक प्रस्ताव डा शशांक कोइरालाले तयार पारिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ