arrow

बडादशैंपछि पुनः प्रहरीको सचेतना अभियान

logo
सीता डोटेल 
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
police-acitivity.jpg

पाल्पा । बडादशैंअघि बिभिन्न संघसंस्था तथा समुदायमा पुगि सचेतनामुलक प्रशिक्षण चलाएको इलाका प्रहरी कार्यालयले दशैंपछि पुनः सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ ।

 विश्वव्यापी रुपमा गम्भीर समस्याको रुपमा रहेको लागु औषध अपराध समुदायबाटै नियन्त्रणका लागि सचेतना कार्यक्रम प्रभावकारी रहने भन्दै इलाका प्रहरी कार्यालय रामपुरले रामपुरका बिभिन्न बिद्यालयमा लागु औषध दुव्र्यसन बिरुद्ध कक्षा चलाउँदै आएको छ । 

यसैबिचमा प्रहरीले रामपुर नगरपालिका वडा नम्बर ३ मा रहेको जनविकास माध्यामिक बिद्यालयका कक्षा ११ र १२ का बिद्यार्थीलाई नेपालमा घट्ने बिबिध प्रकारका अपराधहरु मध्ये प्रमुख अपराध तथा सामाजिक दुव्र्यसनको रुपमा रहेको लागु औषध प्रयोगको अबस्था, प्रयोगबाट प्रयोगकर्ता, परिवार र समुदायमा पर्ने असर तथा कानुनी कारबाहीका बारेमा प्रशिक्षण चलाएको हो । 

लागु औषध दुव्र्यसनमा परेकालाई कानूनी कार्वाहीको दायराले मात्र नियन्त्रण गर्न सम्भव नरहेकोले चेतनाको माध्यमद्धारा नियन्त्रण तथा न्यूनीकरण गर्ने अभियानलाई लक्ष्यमा पुर्याउनको लागि बिधालय स्तरमा बिधार्थी लक्षित सचेतनामुलक  कार्यक्रमहरुको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले बताए ।

जनविकास  माध्यमिक बिधालयका १ सय ७० जना बिधार्थी सहभागी प्रशिक्षणमा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक पाण्डेले लागु औषध के हो ? यसले व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा पार्ने प्रभाव, मानिसहरुले के कारणले लागु औषध सेवन गर्न बाध्य हुन्छ ? 

सेवनकर्ताहरुमा लागु औषध सेवन पश्चात देखिने लक्षण तथा यसको कुलतमा फसेकाहरुलाई कसरी सुधार गर्ने सकिन्छ ? साथै लागु औषधको सेवन, बिक्रि बितरण तथा ओसारपसार गर्नेलाई लागु औषध नियन्त्रण ऐन २०३३ लगायतका नेपालमा प्रचलित अन्य कानूनहरुले समेत के कस्तो सजायंको व्यबस्था गरेको छ? भन्ने बिषयमा जानकारी दिएका हुन् । 

लक्षित उमेर समुहका बिद्यार्थीलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर लागु औषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा बिधार्थी, बिद्यालय, अविभावक र अन्य सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका लगायतका बिषयहरुमा केन्द्रित रहेर बिद्यालयमा कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । 

दशैं तिहारका अबसरमा शान्ति सुरक्षामा संयमित हुनुपर्ने र नागरिक पनि चाडपर्वमा लाग्ने भएकाले दशैं नजिकका दिनमा कार्यक्रम नगरिएको र संघसंस्था बिद्यालय खुलेसँगै कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । नगरका अन्य माबि तहका बिद्यालयमा कार्यक्रम लैजाने प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ