प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, ‘पुटुपुटु’ बोल्न थाले
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
399
Shares
काठमाडौं । एकाएक थलिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
उपचारमा संलग्न चिकित्सकले सोमबार भन्दा मंगलबार निकै सुधार देखिएको बताए । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहानै त्रिवि अस्पतालमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा हिजो भन्दा आज सुधार भएको देखिएको निजी चिकित्सक डा. दिव्या सिंह शाह बताइन् ।
उनका अनुसार प्रधानमन्त्री ओली सोमबार भन्दा तंग्रिएका छन् । अहिले पुटुपुटु बोल्छन् । उनले भनिन्, ‘अघिल्लो दिनको तुलनामा राम्रोसँग कुरा गर्न सक्नु हुन्छ ।’ यस्तै, ओलीले सोमबार राति र मंगलबार बिहान झोलिलो खानेकुरा समेत खाएको बताइएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे पछिल्लो समय भएको सुधारको विस्तृत जानकारी १० बजेपछि पत्रकार सम्मेलन गरेर दिने तयारी उपचारमा संलग्न चिकित्सकहरुले गरेका छन् ।