arrow

वाइफाई जोडेपछि सेवाग्राहीलाई राहत

logo
रमेश विश्वकर्मा
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
bheed.jpg

गुल्मी । प्रशासन कार्यालय गुल्मीमा नागरिकता, राहादानी र अन्य किसिमका सेवा लिने सेवा ग्राहीको भीड लागिरहेको छ । नेपालीहरुको महान् पर्व बिजया दशमी र दिपावलीको अबसरमा जिल्ला बाहिर वा विदेशबाट घर आएको समयमा उमेर पुगेका छोराछोरीहरुको नागरिकता बनाउन र सोही समयलाई मध्यनजर राख्दै राहदानी बनाउने कारणले पनि भीड भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । 

पाण्डेका अनुसार सेबाग्राहीहरुको चाप भएतापनि छिटो छरितो रुपमा सेवा लिएर सेवा ग्राहीहरु जाने गरेको बताए । 

कतिपय समयमा नागरिकता लिनका लागि आबश्यक कागजपत्रहरु छुट्ने र छुटाउने गरेकाले पनि त्यसलाई सहज बनाई सेवा दिनका लागि जिल्ला प्रशासन कार्यालयमा फ्रि वाईफाईको ब्यबस्था गरिएको र आबश्यक परेको खण्डमा कार्यालयकै मेलमार्फत आबश्यक कागजाजहरु पठाउने र आउन सक्ने ब्यबस्था पनि गरिएको पाण्डेले बताए । 

जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा ग्राहीहरुलाई सेवा लिनका लागि कुनै समस्या नपरोस भनेर नागरिक साहायता कक्ष स्थापना गरि सेवा दिईएको पाण्डेले बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट कात्तिक ४ गतेदेखि ११ गतेसम्म ४ सय ३७ नागरिकता, २ सय २६ वटा नागरिकताको प्रतिलिपी बितरण गरिएको र दुई सय २५ वटा राहदानीको आबेदन फारम लिईएको पाण्डेले बताए । बिगत दुई दिनदेखि सेवाग्राहीहरुको अधिक चाप रहेको पाण्डेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ