arrow

आप्रवासी रोक्न अमेरिकाले सीमामा खटायो ५२०० सैनिक

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
us-mexico_border.jpg

काठमाडौं । अमेरिकाले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्नका लागि ५२ सय सैनिक परिचालन गरेको छ । हजारौंको संख्यामा मेक्सिकोको नाका हुँदै अमेरिका प्रवेश गर्ने बढेसँगै अमेरिकाले उनीहरुलाई रोक्नका लागि सैनिक परिचालन गरेको हो । 

अमेरिकाको टेक्सस, एरिजोना र क्यालिफोर्नियामा प्रवेश गर्ने आप्रवासीको संख्या बढ्दै गएको अवस्थामा यस्ताे निर्णय अाएको हो ।

अमेरिकी राष्ट्रपतिले यसअघि नै अवैधरुपमा अमेरिका प्रवेश गर्न चाहने आप्रवासीलाई सेना परिचालन गर्ने चेतावनी दिएका थिए । यसअघि नै अमेरिकाको सीमानामा २१०० राष्ट्रिय सुरक्षाकर्मीहरु परिचालन गरेको थियो ।  अमेरिकामा आउँदै गरेका मध्यावधि निर्वाचनलाई लक्षित गरी यस्तो योजना अघि साएिको हो । 

अझै पनि आप्रवासीहरु अमेरिकी सीमाभन्दा १ हजार माइल टाढा रहेका छन् । अमेरिकी मतदाताहरुलाई आप्रवासीको मुद्दा निकै महत्वपूर्ण रहने गरेको छ । यस्तोमा अहिलेको ल्याइएको योजना मध्यावधि निर्वाचनमा जित हासिल गर्ने ट्रम्पको दाउ रहेको विश्लेषकहरुको बुझाइ छ ।

यसअघि अमेरिकाले सीमाक्षेत्रमा ८०० सेना पठाउने तयारी गरेको थियो । अहिले अमेरिकाले सीमा क्षेत्रमा खटाएको सैनिकको संख्या इराक र सिरियामा खटाइएको सैनिकभन्दा पनि बढी हो । अमेरिकी राष्ट्रपति ट्रम्पले सीमाक्षेत्रबाट अवैधरुपमा आप्रवासीहरु आइरहेको भन्दै चिन्ता व्यक्त गर्दै आइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ