arrow

चीनले दियो बाघको हड्डी र गैंडाको सिङको व्यापारलाई अनुमति, सरोकारवालाले जनाए आपत्ति 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार

काठमाडौं । चीनले वैज्ञानिक तथा चिकित्साको प्रयोजनका लागि बाघको हड्डी र गैंडाको सिङको व्यापारको लागि अनुमति दिने भएको छ । चीनमा २५ वर्षदेखि लगातार प्रतिबन्ध लाग्दै आएकोमा सोमबार चिनियाँ सरकारले यसमा प्रतिबन्धको निर्णय गरेको हो । 

बाघको हड्डी र गैंडाको सिङको विशेष प्रयोजनका लागि व्यपारको अनुमति लिनुपर्ने सोमबार सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ । 

चीनले बाघ तथा गैंडा बचाउनका लागि चालिएको जविश्वव्यापी अभियानको विरुद्धमा यस किसिमको निर्णय गरेको हो । अहिले अघि सारिएको विवरणमा कुनै उपहार आएका बाघ र गैंडामा पनि यो नियम लागू हुने बताइएको छ ।  

बाघको हड्डी तथा गैंडाको सिङ केही रोगहरुको उपचारका लागि प्रयोग हुने गरेको छ । विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)ले चीनको नयाँ नियमको आलोचना गरेको छ । डब्ल्यूडब्ल्यूएफले चीनले ल्याएको योजनाले आगामी दिनमा अर्कै प्रयोजनका लागि त्यसको तस्करी मौलाउने भन्दै चिन्ता व्यक्त गरेको छ । 

यसअघि सन् १९९३ मा चीनले बाघ हाड तथा गैंडाको सिङको व्यापारमा रोक लगाएको थियो । पछिल्लो समय बाघ र गैंडाको संख्या विश्वव्यापी निकै कमजोर अवस्थामा रहेकोमा यस्तो योजना ल्याउनु उचित नरहेको विश्लेषकहरुले बताउँदै आएका छन् । यसले चीन वन्यजन्तुको विषयमा संवेदनशील नदेखिएको उनीहरुले आरोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ