arrow

इटालीका प्रधानमन्त्री भारत भ्रमणमा

logo
एएनआई,
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
italian-pm-modi.jpg

नयाँदिल्ली। इटालीका प्रधानमन्त्री जिसेप कोन्टे भारतको एकदिने भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्। उनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने विदेश मन्त्रालयले जनाएको छ।

इटालीका प्रधानमन्त्री भारत–इटाली प्रविधि सम्मेलनमा पनि सहभागी हुनेछन्। सम्मेलनमा हरितप्रविधि, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, स्वास्थ्य सेवा, हवाई उड्डयन, शिक्षा र सांस्कृतिक सम्पदाका क्षेत्रमा पछिल्ला उपलब्धिका बारेमा छलफल र प्रदर्शनी हुनेछ।

भारत र इटालीबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षका अवसरमा इटालीका प्रधानमन्त्री कोन्टे भारत भ्रमणमा आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ