arrow

‘मान्छेकै कारण ६० प्रतिशत जीवजन्तु मासिए’

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
wildlife.png

काठमाडौं । विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)ले सन् १९७० देखि २०१४ को बीचमा  मानवीय गतिविधिको कारण विश्वबाट ६० प्रतिशत ढाड भएका जीवजन्तुहरु हराएको बताएको छ । ४४ वर्षको अवधिमा विश्वव्यापीरुपमा चरा, माछा, उभरचर, सरिसृप र स्तनधारी जीवहरु उल्लेख्य मात्रामा हराएको कोषले बताएको छ । 

प्राकृतिक स्रोत र साधनको बढ्दो प्रयोगको कारण यस किसिमको अवस्था आएको हो । कोषले विश्वव्यापीरुपमा ४ हजारभन्दा बढी प्रजातिहरुमा गरिएको सर्वेक्षणमा यो नतिजा हासिल भएको बताएको छ । पछिल्लो समय जीवहरुको लागि अहिलेको अवस्था प्रतिकूल रहेको र आगामी दिनमा अवस्था थप नराम्रो बन्नसक्ने अधिकारीहरुले बताएका छन् । 

क्षेत्रीय हिसाबमा ल्याटिन अमेरिकाबाट पछिल्लो ४४ वर्षमा सबैभन्दा धेरै जीवहरु हराएका छन् । यो क्षेत्रमा करिब ९० प्रतिशत जीवहरु हराएका छन् । केही सयवर्षअधिको तुलनामा अहिलेको जीवहरु हराउने गति १०० देखि १००० गुणासम्म रहेको अधिकारीहरुले बताएका छन् । 

विश्वको समग्र तौलमा जन्तुहरुको तौल केवल ४ प्रतिशत रहेको छ । मानिसहरुको ३६ प्रतिशत रहेको छ । मानिहरुको संख्या घट्ने सम्भावना निकै कम रहेको कारण आगामी दिनमा अन्य जीवहरु थप जोखिममा पर्नसक्ने विवरणमा उल्लेख गरिएको छ । जलवायु परिवर्तन रोक्नका लागि पनि पनि वन्यजन्तुहरुको भूमिका महत्वपूर्ण हुने कोषले उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ