कतार । राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख तमिम बीन हमाद अल थानीले आयोजना गरेको दिवाभोजमा सरिक भएकी छिन् ।
कतारी अमिर अल थानीले राष्ट्रपति भण्डारीको स्वागतमा अमिरी दिवानमा दिवाभोजको आयोजना गरेका हुन्।
मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा छिन् । रासस