arrow

ताल संरक्षणमा ओमसतिया

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
tal_pic_(1).jpg

बुटवल ।  प्रदेश नम्बर ५ को राजधानी बुटवल तथा रुपन्देही जिल्लाका बिभिन्न स्थानका पर्यटकिय क्षेत्रको बिस्तार गरी परिचित बनाउने कार्यमा लागीरहेको छ ।  यसै अवस्थामा रुपन्देहीका बिभिन्न स्थानमा रहेका तल तलैया तथा बिभिन्न पार्कहरुलाई सरसफाई लगायतका बिभिन्न कार्यहरु गर्दै आईरहेका छन् ।

यस्तैमा रुपन्देहीको ओमसतिया गाउँपालिकाले  पालिका भित्र रहेका विभिन्न तालहरुकोसंरक्षणमा जुटेको छ । तालको विस्तृत गुरुयोजना निर्माण गरी आन्तरीक तथा वाह्य पर्यटकहरु भित्र्याउने उदेश्यका साथ योजना अगाडी बढाइएको  ओम सतिया गाउपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाअध्यक्ष शिव कुमार धवल ले जानकारी दिए ।

 सोही अनुसार वडा नम्बर ६ का स्थानियहरुको सक्रियतामा ओमसतिया ६ मा रहेको रामजानकी मन्दिर परिषरमा रहेका प्राचिन तालको शुक्रबार सरसफाई गरिएको छ । गाउपालिकाका अध्यक्ष शिव कुमार धवलका अनुसार  स्थानियहरुको सक्रियतामा तालको सरसफाई गरिएको हो ।

छठ पर्वको अवसरका यहि २६, २७ गते आयोजना हुने विशेष सास्कृतीक पर्वलाई समेत लक्षित गरेर ताल को  सरसफाई गरिएको प्रवक्त धवले जानकारी दिए ।  विगत २० बर्ष देखि स्थानिय जनप्रतिनिधीको अभावमा ठोस योजनाको अभाव झेल्दै आएको रामजानकी मन्दिर संगैको ताल संरक्षणमा जनप्रतिनिधिआएपछि चासो देखाइएको प्रवक्त धवले जानकारी दिए ।

उनका अनुसार गाउपालिकाको सभा बाट नै पारित गरेर गाउपालिका भित्र रहेका ताल र मन्दिरहरुको वृस्तृत गुरुयोजना निर्माण गर्नको लागि किरिव २५ लाख रुपैयाँ रकम समेता विनियोजना गरिएको छ । वडा नम्बर ६ का गाविस सचिव बलराम श्रेष्ठका अनुसार गाउपालिकाको योजना अनुसार नै अहिले ताल संरक्षणको कार्य अगाडी बढाइएको छ ।

तालको विचमा अलि ठुलो आकारमा रामजनकी मन्दिर निर्माण गर्नुृको साथै हालको अवस्थामा रहेको रामजनकी मन्दिरको स्तर उन्नती सहित ताल परिषरमा विभिन्न खेल्ने झुलाहरु समेत निर्माण गर्ने योजना अगाडी बढाइएइको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ