बारा । कलैया उपमहानगरपालिका २३ कोईरिया टोलाका ६५ वर्षीय नन्दलाल राउत कुर्मीको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरि चारजनालाई सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न कलैया उपमहानगरपालिका २३ कोईरिया टोलका ४५ वर्षिय बिरेन्द्र पटेल, साविक अमृतगंज गाविस ९ का ५५ वर्षिय जोधा भन्ने रामअयोध्या दास तत्मा, कलैया उपमहानगरपालिका २३ कोईरिया टोलका १९ वर्षिय विशाल पटेल र ६५ वर्षिय बैजनाथ राउत कुर्मीलाई सार्वजनिक गरेको हो ।
मृतक नन्दलालको कान्छो भाईको नातिनिसंग विरेन्द्र पटेलले आफनो छोरा विशालसंग विवाह नगराईदिदा मृतकको जग्गा सम्पति आफनो नहुने भएपछि सम्पतिको लोभमा हत्या भएको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।
मृतकले आफ्नो दुई विघा जग्गामा खनेको पोखरीमा सरकारबाट पाउने अनुदान नदिएको रिसिविमा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
हत्यामा बिरेन्द्र र रामअयोध्या योजना बनाई पहिलादेखि नै दुवै जनासंगै बसेर जांड रक्सी खांदै आएको सम्पतिको लोभमा हत्या गरेको प्रहरी उपरीक्षक भट्टराईले भने हत्यामा बिरेन्द्र पटेलका छोरा विशाल पटेल र बैजनाथले सघाएको छ ।
घटनाको बारेमा चारैजनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान जारी राखेको प्रहरी उपरीक्षक भट्टराईले बताए । नन्दलालको वितेको शनिबार सांझ ८ बजे घाँटी रेटी हत्या भएको थियो ।