आउँदो चुनावमा कांग्रेस एक नम्बरमा आउँछ, आउँछ : शशांक
उत्तम चौलागाँई,
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
316
Shares
खोटाङ। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंसाक कोइरालाले आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने दावी गरेका छन् ।
नेपाली कांग्रेस जन्तेढुङगा गाउँपालिका कार्य समिति खोटाङले आयोजना गरेको जननायक विश्वेश्वर प्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई संवोधन गर्दै कोइरालाले पार्टीभित्र गुटउपगुटको अन्त्य गर्दै एकताबद्ध भएर अगाडी बढे कांग्रेसलाई मूलुकको पहिलो पार्टी बन्न कुनै तागतले रोक्न नसक्ने बताए ।
कांग्रेसले मूलुकका लागि धेरै काम गरेको सवैलाई जानकारी नै रहेकोले आफुले भविष्यबाणी गर्न नखोजेको बताउँदै कोइरालाले चुनावमा तल पर्दै गर्दा निरास हुनुपर्ने आवश्यकता नरहेको सुनाउँदै अर्को चुनावमा कांग्रेस पहिलो पार्टी बन्नेमा कार्यक्रतालाई ढुक्क हुन आग्रह गरे ।
कोइरालाले आफु कसैको खिलापमा नबोल्ने प्रतिवद्धता व्यक्त गर्दै कांग्रेसको योजना नेपाललाई समृद्ध बनाउँने रहेको तर, दुर्भाग्यवस् चुनावमा पराजीत भएको स्मरणसमेत गरे । उनले भने, “कांग्रेस केही प्राविधिक कारणले मात्र पराजय भएको हो, आगामी दिनमा कांग्रेसले आन्तरिक समस्या हल गर्दै आउँदो चुनावका लागि योजना निर्माण गर्नतर्फ लागेको छ ।”
कोइरालाले कार्यक्रमलाई संवोधन गर्दै कांग्रेसले २० वर्षको अवधीमा ८४ हजार सडक निर्माण निर्माण गरेको, देशमा एउटामात्र मेडिकल कलेज रहेको तर, त्यतिले मात्र आवश्यकता धान्न नसक्ने भएपछि करिव २ दर्जन मेडिकल कलेज स्थापना गर्ने वातावरण कांग्रेसले गरेको समेत उल्लेख गरे । देशमा एउटा मात्रै विश्वविद्यालय रहेको र विश्वविद्यालय अरु पनि संचालनमा ल्याउँनुपर्छ भन्दै १५ वटा विश्वविद्यालय संचालनमा कांग्रेसले ल्याएकोसमेत उनले दावी गरे ।