arrow

चीनलाई व्यापार सम्झौता गर्न बाध्य गराउने ट्रम्पको यस्तो रणनीति

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार

सांघाई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग अमेरिकाको महत्वपूर्ण व्यापार सम्झौता हुनसक्ने बताएका छन् । यद्यपि उनले यो सम्झौता हुन नसकेको खण्डमा चिनियाँ सामग्रीहरुमाथि थप कर बढाउन आफू तयार रहेको चेतावनी दिएका छन् । 

ट्रम्पले अमेरिकी सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताको क्रममा चीनसँग आफू सम्झौता गर्न तयार रहेको बताएका हुन् । चीन भने यो सम्झौताको लागि तयार नभएको उनले बताए । यद्यपि यस विषयमा उनले थप केही खुलाएका भने छैनन् । 

यसअघि सार्वजनिक भएको एक विवरणले अमेरिकाले आगामी डिसेम्बरबाट बाँकी सबै चिनियाँ सामग्रीहरुमा कर बढाउने तयारी गरिरहेको देखाएको थियो । यहि बीचमा अर्जेन्टिनाको राजधानी सहर ब्युनस आयर्समा ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङको बीचमा भेटवार्ता हुनसक्ने अनुमान गरिएको छ । 

यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन । दुवै पक्षलाई फाइदा हुने योजना ट्रम्पले अघि सारेको खण्डमा चीन त्यसका लागि तयार रहेको विदेश मन्त्रालयले बताएको छ । 

अहिले अमेरिकाले २ खर्ब ५० अर्ब डलरका सामग्रीहरुमाथि कर लगाउँदै आएको छ । चीनले पनि १ खर्ब १० अर्ब डलरका अमेरिकी सामग्रीहरुमाथि कर लगाउँदै आएको छ ।

ट्रम्पले आफूहरुको बीचमा कुनै सम्झौता हुन नसकेको खण्डमा थप २ खर्ब ६७ अर्ब डलरका सामग्रीहरुमाथि कर बढाउने चेतावनी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ