arrow

विद्यालयका प्रिन्सिपलको यस्तो कर्तुत, अदालतले सुनायो १०५ वर्षको जेल सजाय

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
pakistan-105-jail.png

काठमाडौं । पाकिस्तानको एक निजी विद्यालयका प्रिन्सिपललाई स्थानीय अदालतले बालबालिकाहरुमाथि यौन दुर्व्यवहारको मामिलामा १०५ वर्षको जेल सजाय सुनाएको छ ।

अताउल्लाह मारवात नाम गरेका प्रिन्सिपलले गुप्त क्यामेरा लगाई बालबालिकाहरुमाथिको दुर्व्यवहारको भिडियो बनाई सार्वजनिक गर्ने गरेका थिए । उनलाई प्रहरीले पेशावर सहरबाट पक्राउ गरेको हो । 

एक छात्रले दिएको बयानको आधारमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि २०१७ को जुलाई १४ मा अदालतमा मुद्दा दायर भएको थियो । मारतव विद्यालयका मालिक पनि हुन् । 

अदालतले उनलाई बालबालिकामाथि दुर्व्यवहार, पोर्नोग्राफी, बलात्कार, अवैध सम्बन्ध लगायतका मुद्दामा कूल १०५ वर्षको सजाय सुनाएको हो ।

मारवातलाई यसका साथै १४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । पीडकले अदालतमा दिएको बयानमा आफ्नो यौन गतिविधिको भिडियो बनाउनु आफ्नो शोख रहेको बताएका थिए । 

उनले उक्त भिडियोहरु आफ्नो कम्प्युटरमा राखेका थिए । प्रहरीले उनको निजी कम्प्यटर, मेमोरी कार्ड र यूएसबी पनि बरामद गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ