arrow

‘चीनले किन्दैछ राजपाक्षेका लागि सांसद’

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
pajapaksha.png

काठमाडौं । श्रीलंकामा राजनीतिक संकट थप चर्किनसक्ने देखिएको छ । भर्खरै निलम्बित प्रधानमन्त्री रानिल विक्रमासिंघे र नयाँ प्रधानमन्त्री महिन्दा राजपाक्षेको बीचमा विपक्षी सांसदहरुलाई आफ्नो पक्षमा पार्ने होडबाजी चलेको छ । 

यसैबीच विक्रमासिंघे प्रशासनका उपमन्त्री रामान राजनायकेले चीनले राजपाक्षेलाई बहुमत पुर्‍याउन विपक्षी सांसद खरिद गर्न लागेको आरोप लगाएका छन् । श्रीलंकामा भर्खरै नियुक्त गरिएका राजपाक्षे चीन निकट मानिन्छन् । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि उनलाई चीनले सहयोग गरेको समाचार सार्वजनिक भएको थियो । 

चीनले भने यो आरोप निराधार रहेको बताएको छ । १० वर्षसम्म राष्ट्रपति रहेका राजपाक्षेको कार्यकालमा चीनलाई सहयोग पुग्ने किसिमको नीति आएको थियो । यद्यपि चीनले कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको रणनीति रहेकोले श्रीलंकाको मामिलामा पनि चीनको कुनै हस्तक्षेप नरहेको स्पष्ट पारेको छ । 

अहिले राजपाक्षे र विक्रमासिंघे दुवैसँग श्रीलंकाको प्रधानमन्त्री बन्न पुग्ने बहुमत छैन । १६ नाभेम्बरसम्मको लागि राष्ट्रपतिले श्रीलंकाको संसद भंग गरेका छन् । यो अवधिमा उनी राजपाक्षेका लागि मत माग्ने दाउमा रहेको विपक्षीहरुले आरोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ