arrow

लौ हेर्नुस् दुई चोरलाई  

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
chor.jpg

बेलौरी  । कञ्चनपुरको सिमान्त दक्षिणी लालझाडी गाउँपालिका वडा नं ६ चान्देव बजारका विभिन्न पसलहरुमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
 
सोमबार राति करिब १ बजेतिर बेलौरी–कलुवापुर सडकखण्डमा रहेको चान्देव बजारमा पसलहरुको ताला तोड्दै गरेको अबस्थामा २ जनालाई रङ्गेहात प्रकाउ गरिएको छ 

चान्देव बजारका पसलहरुको ताला तोड्ने क्रममा स्थानीयले शैलेन्द्र सिंह र विजय पाल नाम गरेका दुई जनालाई रङ्गेहात प्रक्राउ गरी इलाका प्रहरी कार्यालय बेलौरीलाई बुझाएका छन् । 

चान्देवमा रहेको नागार्जुन मोबाइल एण्ड डि।जे हाउसबाट रु तीन लाख मुल्य बराबरका सामाग्रीहरु चोरी भएको र एक लाख पचास हजार मुल्य बराबरका सामग्री फेला परेको सञ्चालक गोपाल चन्दले बताए ।

त्यस्तै, बैजनाथ ट्रेडर्स तथा दिनेश किराना पसलबाट मोटरसाइकल चोरी भएको छ भने शान्ति किराना पसलबाट विवरण आउन बाँकी छ । शोभाताल उपभोक्ता समुहकोे कम्प्युटरमा क्षति पुगेको र अन्य कागजात समेत च्यातेको खबर प्राप्त भएको छ भने सृजनशील युवा सूचना केन्द्रको चेक झोला मा फेला परेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको र पक्राउ परेका चोरहरुसंग सोधपुछ जारी रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक चुडामणि पुनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ