arrow

ट्रम्प आफ्नै देशमा विरोधको सामना गर्दागर्दा हैरान

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
trump8.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकाको पिट्सवर्गमा ठुलो प्रदर्शन भएको छ । पत्नी मेलिना ट्रम्प तथा ज्वाइँ जरेड कुसनरका साथमा  गोली आक्रमणमा मारिएका मानिसहरुको परिवारमा समवेदना व्यक्त गर्न पुगेका उनको विरुद्धमा प्रदर्शन भएको हो । 

केही दिनअघि प्रार्थनाको क्रममा गोली आक्रमणमा ११ मानिसहरुको ज्यान गएको थियो । ट्रम्पको भ्रमण मारिएकाको अन्त्येष्टिको क्रममा भएको हो । यस क्रममा अमेरिकी वाणिज्यमन्त्री स्टिभिन म्नुचिन पनि सहभागी थिए । यसअघि ट्रम्पले यो घटनाको भर्त्सना गर्दै आरोपी आफ्नो समर्थक नरहेको बताएका थिए । 

यसअघि घटनाका दोषी अमेरिकी राष्ट्रपति ट्रम्पको नीतिको समर्थक रहेको समाचार सार्वजनिक भएको थियो । पिट्सवर्गका डेमोक्रेटिक मेयरले पनि ट्रम्पको यो भ्रमणको विरोध गरेका थिए । 

यो भ्रमणको विरुद्धमा ७० हजारभन्दा बढीले हस्ताक्षर संकलन गरेका थिए । प्रदर्शनकारीहरुले ट्रम्पको भ्रमणको क्रममा उनीविरुद्ध नाराबाजी गरेका थिए । 

पिट्सवर्गमा भएको गोली आक्रमणमा ४६ वर्षीय रोबर्ट बोयर्स पक्राउ परेका  छन् । उनीमाथि २९ आपराधिक मुद्दा दायर गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ