arrow

काबुलमा आत्मघाती बम विष्फोट, कम्तीमा छ को मृत्यु 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
afg_attack.jpg

काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुलको एक जेल नजिकै भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा छ जनाको ज्यान गएको छ । 

बुधबार बिहान भएको सो आक्रमणमा परी थप तीन जना मानिसहरु घाइते भएको अधिकारीहरुले बताएका छन् ।

घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । अफगानिस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ताले आक्रमणकारीले आफ्नो विष्फोटक सामग्रीहरु जेलका कर्मचारीहरुको सवारीसाधनको नजिकै लगेर विष्फोट गराएको बताएका छन् । 

आक्रमणकारी सवारीतर्फ जाँदै गरेको अवस्थामा उनलाई गेटमा सुरक्षाकर्मीहरुले रोकेका थिए । उनलाई रोकेसँगै आक्रमणकारीले आत्मघाती विष्फोट गराएका थिए । 

आक्रमणको समयमा महिला सुरक्षाकर्मीहरु सवारी बसिरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ