arrow

विश्वकै सबैभन्दा अग्ला सरदार ‘स्ट्याचु अफ युनिटी’

यस्ता छन् विशेषता

logo
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
statitute-of-unity.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार पल्लभभाइ पटेलको १८२ मिटर अग्लो प्रतिमा अनावरण गरेका छन् । मोदीले बुधबार गुजरातमा रहेको पटेलको प्रतिमा अनावरण गरेका हुन् । 

यसअघि मोदीले ३० नदीबाट ल्याइएको जलले प्रतिमाको सामुन्ने रहेको शिवलिंगबाट अभिषेक गरेका थिए । साथमा ३० ब्राम्हणले मन्त्रोच्चारण पनि गरेका थिए । 

Modi

सरदार पटेलको प्रतिमा ‘स्ट्याचु अफ युनिटी’ विश्वमै सर्वाधिक अग्लो भएको छ । 

यो प्रतिमा अनावरण गर्न ३३ राज्यका संस्कृतिका झलकहरु देखाइएको थियो । प्रधानमन्त्रीलाई ९०० कलाकारले सवा २ किलोमिटरलामो लाइन बनाएर स्वागत गरेका थिए । 

के छन् यो प्रतिमाका विशेषता
१, नर्मदा नदीको सरदार सरोवर बाँधमा बनेको यो प्रतिमा सातकिलोमिटर टाढाबाट देख्न सकिन्छ । 

२, यो संसारकै सबैभन्दा अग्लो प्रतिमा हो । 

३, यसअघि पहिले चीनमा स्प्रिङ बुद्धको प्रतिमा १५३ मिटर अग्ला थियो । यसपछि जापानको बुद्धको प्रतिमा १२० मिटर र त्यसपछि अमेरिकाको न्यूयोर्कको स्ट्याचु अफ लिबर्टी ९३ मिटर अग्लो छ । 

४, सरदार पटेलको प्रतिमाको कीर्तिमान भारतले नै तोड्ने छ सन् २०२१ मा । २१२ मिटर उचाइको छत्रपति शिवाजीको प्रतिमा मुम्बईको नजिक अरब सागरमा बनिरहेको छ । 

५, स्ट्याचु अफ युनिटीको निर्माणका लागि पाँच वर्ष लागेको थियो । 

६, यो सबैभन्दा कम समयमा बन्ने प्रतिमाको कीर्तिमान पनि हो । 

७, यसको लागत २९९० करोड भारु हो । 
रात में प्रतिमा का दृश्य।

प्रतिमा को बनाने में 5 साल का वक्त लगा।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ