arrow

तिलोत्तमामा किसानलाई अनुदानमा गहुँको बिऊँ

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
tilottama.JPG

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बिऊँ उपलब्ध गराउने भएको छ । मंगलबार बसेको कार्यपालिकाको ४७ औं बैठकले किसानलाई गहुँको बिऊँमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।

अनुदानका सन्दर्भमा कार्यविधिलगायतका अन्य व्यवस्था मिलाउन १४ नंबर वडाध्यक्ष सोहन प्रसाद थारुको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिमा ८ नंबर वडाध्यक्ष कृष्ण प्रसाद पौडेल, ११ नंबर वडाध्यक्ष मुक्तिनारायण चौधरी, १६ नंबर वडाध्यक्ष झविलाल भुसाल र कार्यपालिका सदस्य गिता कुमारी सापकोटा सदस्य रहेका छन् ।

सहकारी संस्थासँग समन्वय गरेर सिफारिस गरिएको उन्नत जातको गहुँ बिऊँ किसानलाई अनुदानमा उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

नगरपालिकाको कृषि विकास समितिले किसानलाई अनुदानमा गहुँको बिऊँ उपलब्ध गराउन सिफारिस गरेको थियो ।

तिलोत्तमा नगरपालिकामा झण्डै सात सय क्विनटल गहुँको बिऊँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

अनुदानको बिऊँ सबै किसानले प्राप्त गर्नेगरी व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ । मंगलबारको कार्यपालिका बैठकले विभिन्न कार्यविधि लगायतका विषयमा समेत निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ