arrow

अफगानी सेनाको विमान दुर्घटना, २५ को मृत्यु 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
afg_helicopter.jpg

काठमाडौं । अफगानिस्तानको सेनाको विमान बुधबार दुर्घटनामा परेको छ । अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा सो विमान दुर्घटना भएको हो । 

प्रान्तीय सरकारका अधिकारीहरुले दिएको जानकारीअनुसार विमानमा सवार क्र्यु सदस्यहरुसहित २५ जनाको ज्यान गएको छ । 

अफगानिस्तानको फराह प्रान्तका प्रवक्ता नासेर मेह्रीले दुई हेलिकोप्टर आ–आफ्नो बाटोमा उडिरहेको अवस्थामा एउटा अनियन्त्रित भएर दुर्घटना भएको जानकारी दिए । 

खराब मौसमको कारण उक्त विमान दुर्घटना भएको बताइएको छ । यद्यपि तालिवानले भने आफ्ना लडाकुले सो विमान खसालेको दाबी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ