arrow

एउटै गाउँमा सात मस्जिद

logo
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
Tanahun_District.png

दमौली । तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ ।

करीब २०० घरधुरी रहेको सम्जुर गाउँमा सात वटा मस्जिदमा भेला भएर मुसलमान समुदायले प्राथना गर्ने गरेको स्थानीय मुस्लिम अगुवा तथा खोदा बकस मदर्शाका अध्यक्ष फजिर महमद मियाँले जानकारी दिए ।

सम्जुरमा नेपालकै सबैभन्दा पुरानो दाबी गरिएको मस्जिदसमेत रहेको मियाँले बताए । कुनै समय तनहुँको सम्जुरमा जिल्लाकै सबैभन्दा बढी मुसलमान समुदाय बस्ने भएपनि हाल यहाँ ती समुदायका २०० घरधुरी मात्र छन् ।

सदरमुकाम दमौलीमा बसोबास गर्ने ९० प्रतिशतभन्दा बढी मुसलमान सम्जुरबाट नै झरेको सिरानोगाउँ मस्जिदका अध्यक्ष हाजी महमद याकुवले बताए । अहिले प्रार्थना गर्ने व्यक्ति धेरै नहुँदा प्रायः सबै मस्जिद खाली नै हुने उनको भनाइ छ ।

उनले भने, “पहिले निकै भीड हुन्थ्यो तर अहिले सबै खालीखाली नै हुन्छ ।” मस्जिदमा बकर इद र इदुलफित्रमा भने निकै रमाइलो हुने गरेको उनले बताए ।

केही मस्जिद जीर्ण भइसक्दा पनि बजेटको अभावमा मर्मत गर्न नसकिएको फजिर महमद मियाले सुनाए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ