arrow

स्थानीयतहमा समुदाय-प्रहरीबीच हस्ताक्षर

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
police-syangja.jpg

स्याङ्जा ।  नेपाल प्रहरीले अगाडी सारेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम जिल्लाका ११ ओटा स्थानीयतहमा पुगेको छ । नगरपालिका र गाँउपालिकामा प्रहरीले समुदाय-प्रहरी साझेदारी अवधारणा पत्रमा हस्ताक्षर गरिएको हो ।

समुदायमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने उदेश्यले स्थानीयतहहरु सगँ समुदाय-प्रहरी साझेदारी अवधारणा अगाडी सारिएको छ ।

 स्थानीयतह, वडा, टोल हुदै हरेक घरधुरीमा प्रहरी सगँको सम्वन्ध सुमधुर बनाएर शान्तिसुरक्षामा नागरिकको पहुँच पुर्‍याउने लक्ष्य यो कार्यक्रमले लिएको छ । “सुरक्षा विकासको पुर्व शर्त हो र विकास सुरक्षित समाजको आधार हो” भन्ने अन्तरसम्वन्धलाई अझै प्रगाढ बनाउन टेवा मिल्नेका प्रहरीले विश्वास लिएको छ । नागरिकले अधिकार खोज्ने तर कर्तव्य विर्सने गरेकाले पनि समाजमा बढी अराजकता र बिकृति फैलीएको तथ्याङ्कको खोजीले देखाएका पछि नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी अवधारणा अगाडी सारेको हो ।
 
अवधारणा पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले अपराधको अनुसन्धान गर्नुभन्दा अपराध हुन नदिनु तथ्यलाई मनन् गर्दै समुदाय र प्रहरीको समन्वयमा अपराध उन्मुख हुने र बेलैमा समस्याको पहिचान गर्न सजिलो हुने विश्वासले यो कार्यक्रम अगाडी सारिएको बताए ।

 समुदायमा अराजकता बढ्यो भने देशलाई झनै अपराधको विकराल बढ्छ प्रजिअ निरौलाले भने,“शान्ति सरक्षा मजबुद भयो भने मात्रै समृद्ध नेपालको कल्पना गर्न सकिन्छ ।” यसका लागि समुदाय नै प्रहरीको असल छिमेकी बनेर समाजमा हुने अपराध निरुत्साही पार्नु आजको अवश्यकता रहेको निरौलाले बताए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वालिङ नगरपालिका विच समुदाय-प्रहरी साझेदारी अवधारणा पत्रमा संयुक्त हस्ताक्षर गरिएको छ । हस्ताक्षर पछि वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले अवधारणामा उल्लेख भए अनुसारको कामलाई छिट्टै अनुसरण गर्दै वडा हुदै टोल र विद्यालयमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे । यो कार्यक्रम मार्फत नगरपालिकाको शान्ति सुरक्षा सगै नगरभित्र घट्ने जुनसुकै घट्नाहरुको न्युनिकरण सगै शान्ति सुरक्षाको अव्वल नगरपालिका बनाउने अभियान शुरु हुने खाँणले बताए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतमा रहेका प्रहरी ईकाइहरुको समन्वयमा ११ स्थानीयतहमा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सरोकारवाला निकाय, संचारकर्मी लगायतको रोहवरमा अवधारणा पत्रमा हस्ताक्षर गरिएको प्रहरी उपरिक्षक जयराज सापकोटाले बताए । जिल्ला, पालिका, वडा, टोल र विद्यालयमा कस्तो संरचना बन्ने विषयमा अवधारणापत्रमा उल्लेख गरिएको सापकोटाको भनाई थियो ।

हरेक पालिकाले समुदाय-प्रहरी साझेदारी समिति निर्माण गरेपछि वडा हुदै टोल र विद्यालय सम्म संरचना निर्माण हुने प्रहरी प्रमुख सापकोटाले बताए । समुदाय नै शान्तिसुरक्षामा जिम्मेवार बनाउन सकेमा अपराधिक क्रियाकलापमा घट्ने दावी सापकोटाले गरे । प्रहरीले २ सय ९१ टोल, ९७ वडा र ११ स्थानीय तहमा यो संरचना गठन गर्ने छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ