छातीमा गोली हान्न नेकपालाई दुई तिहाई मत दिएका होइनन् जनताले : निधी
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
552
Shares
सर्लाही। सर्लाही क्षेत्र नम्बर ४ स्थिति रामनगर गाउँपालिका–४ का राम विलास महतोलाई नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले घोर भर्त्सना गरेका छन् । वडाअध्यक्ष राम नरेश महतोसहित आठ जना घाइतेहरुको निरिक्षण गर्दै उपसभापति निधिले पत्रकार सम्मेलन गरी घटनाको घोर भर्त्सना गरेका हुन् ।
उनले भने 'अब यो घटना जिल्लाको नभई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको हो । मृतक रामविलास महतोलाई शहिद घोषणा, घाइतेहरुको नि :शुल्क उपचार, घटनाबाट भएका क्षतिको क्षतीपुर्ति, अपराधिहरुको छिटै सार्वजनिकको माग नेपाली कांग्रेस केन्द्रिय कार्यालयकोले गर्छ । मागहरु पुरा नभए कडा आन्दोलन गरिनेछ ।'
घाइते भएका नेपाली कांग्रेसका वडा अध्यक्ष राम नरेश महतो तथा कार्यकर्ताहरुले गोली चलाउनेहरु श्रीनारायण राय, शुभ नारायण राय, धमेन्द्र राय गाउकै मान्छे भए पछी चिनेर नै ति व्यक्तिहरुको नाम प्रहरीलाई जानकारी गराए पनि प्रहरीले संघिय सरकारको निर्देशनमा अपराधिलाई उमकाउन खोजेको निधिले आरोप लगाए।
सतारुढ पार्टीको कार्यकर्ता भएपछि उमकाउन पाइदैन संघिय सरकारले उमकाउन खोजे प्रदेश २ सहित देशै भरी नेपाली कांग्रेसले कडा आन्दोलन गर्ने निधिले बताए । 'जनताले दुई तिहाई मत जनताको छातीमा गोली हान्न नेकपालाई दिएको होइन । संघिय सरकारले २ तिहाईको आडमा अपराधिलाई संरक्षण गरे हामि त्यसको जवाफ आन्दोलनबाट दिन्छौ' निधिले भने ।
मंगलबार भएको झडपमा परी घाइते हुनेहरुमा रामनगर गा.पा. ४ का वडा अध्यक्ष रामनरेश महतो, महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छरा लागि घाइते भएका स्थानीयले जानकारी दिए ।
पत्रकार समेलनमा नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रिय सदस्य विश्वप्रकास शर्मा, आन्नद ढुगाना तथा प्रदेश नं. २ का ८ वटै जिल्लाका जिल्ला सभापतिहरुको उपस्थिती रहेको महाधिवेशन प्रतिनिधि सोनेलाल साहले जानकारी दिए ।
त्यस्तै रामनगर गाउँपालिका–४ मा कांग्रेसका तर्फबाट विजयी वडाध्यक्ष राम नरेश महतोका काका राम विलासलाई हत्या गरिएपछि कांग्रेसका २ नं. प्रदेशको ८ जिल्लाको जिल्ला सभापतिको अगुवाइमा हत्याको विरोध स्वरुप जिल्ला प्रशासन कार्यालय मा ज्ञापनपत्र बुझाइएको नेपाली काग्रेसका सर्लाही जिल्लाका जिल्ला सभापति नागेन्द्र कुमार रायले जानकारी दिए ।
आन्दोलनलाई मध्ये नजर गर्दै बाक्लो संख्यामा सशस्त्र प्रहरी तथा जनपथ प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक पोषराज पोखरेलले जानकारी दिए।