arrow

‘मुसलमान समुदाय कांग्रेसको मेरुदण्ड’

logo
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
muslims.gif

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम समुदाय नेपाली कांग्रेसको मेरुदण्डका रुपमा रहेको बताएका छन् ।
 
सुनसरी सदरमुकाम इनरुवामा बुधबार नेपाल मुस्लिम सङ्घको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कार्कीले विभिन्न आन्दोलनमा मुस्लिम समुदायको भूमिका महत्वपूर्ण रहँदै आएको धारणा व्यक्त गरे ।

 कार्यक्रममा प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले मुसलमानको अधिकारका सवालमा प्रदेश सरकारमा आवाज उठाउने प्रतिबद्धता जनाए ।

 सो आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई कांग्रेस नेता मीन विश्वकर्माले प्रशिक्षण दिएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ