arrow

प्रधानमन्त्री ओलीलाई जे खाए नि फ्री 

logo
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
kp-oli-presents-n.jpeg

काठमाडौँ । सोमबार बिहानदेखि महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । 

प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उनको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिएका छन् । 

उनका अनुसार प्रधानमन्त्रीको रक्तचाप र मधुमेह पनि सन्तुलनमा रहेको हुँदा सामान्य हिँडडुल गरेको र सामान्य खाना थालेका छन् । 

डा सन्तकुमार दासका अनुसार प्रधानमन्त्री ओलीलाई जे खाए पनि छुट छ । खानामा उनलाई कुनै बन्देज छैन । ओलीले बुधबार माछा खाएका थिए । डा दासले अरु सबै सामान्य भइसकेको तर खोकी १० प्रतिशत बाँकी रहेको र अलिअलि घ्यारघ्यार रहेकाले त्यो पनि ठीक हुने क्रममा रहेको छ ।

उनको उपचारका क्रममा नसाबाट दिइएका विभिन्न औषधि बिहीबारदेखि बन्द गरिने र मुखबाट खुवाइनेछ । 

प्रधानमन्त्रीको उपचारमा डा सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ