arrow

रेडक्रसको महत्व दर्शाइन् रामकुमारी झाँक्रीले

logo
रमेश विश्वकर्मा
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
ramkumari-jhakri.png

गुल्मी । प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले रेडक्रस मानवीय भावना देखाउने ऐच्छिक संस्था भएको बताएकी छन् । बुधबार गुल्मीको म्यालपोखरीमा नेपाल रेड्क्रस सोसाइटी गुल्मी जिल्ला शाखा आयोजना गरेको आधारभुत प्राथमिक उपचार तालिमको उद्घाटन गर्दै सासंद झाँक्रीले तन, मन र वचनले सेवा गर्ने संस्था रेडक्रस भएको बताएकी हुन् । 

संस्थाले सरकारको आँखा नपुगेको ठाउँमा पनि सेवा प्रवाह गरेको भन्दै उनले संस्थालाई सेवा भावको रुपमा हेर्न सबैलाई आग्रह गरिन् । 

आफू स्कुल पढ्दा जुनियर रेड्क्रसको सदस्य भएको स्मरण गर्दै सांसद झाँक्रीले आफ्नो ब्यक्तिगत नेतृत्व क्षमतामा संस्थाले सहयोग गरेको बताइन् । 

कार्यक्रममा मदाने गाउँपालिकाका प्रमुख दान बहादुर केसी, नेपाल रेड्क्रस सोसाइटी जिल्ला उपसभापति कृष्णप्रसाद भण्डारी, जिल्ला सदस्य बिष्णुप्रसाद भण्डारी ,शाखा अधिकृत कृष्णप्रसाद खनाल लगायतले आ–आफ्ना धारण व्यक्त गरेका थिए । 

प्रमुख प्रशिक्षकको रुपमा रहेका कृष्णप्रसाद भण्डारीले तालिमका विषयमा प्रकाश पारेका थिए । 

कार्यक्रममा बिष्णु भण्डारी, थानेश्वर अर्याल, प्रकाश भट्टराई लगायतले प्रशिक्षकको भूमिका निर्वाह गरेको परियोजना संयोजक रोशन सिंह ठकुरीले जानकारी दिए । 

कार्यक्रम पुर्कोट उपशाखाका सभापति ढालबहादुर राउतको सभापतित्व र टकेन्द्र सेनको सञ्चालनमा भएको थियो ।



नयाँ