arrow

जर्घामगरको नेतृत्वमा प्रेस युनियन सिरहा

logo
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
press-union-siraha.jpg

लहान । नेपाल प्रेस युनियन सिरहाको छैँटौ जिल्ला अधिवेशनले भरत जर्घामगरको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । 

समितिको उपाध्यक्षमा शम्भु यादव, समावेशी उपाध्यक्षमा ज्ञानु राउत, सचिवमा निर्मला दहाल, सहसचिवमा जया सिंह र कोषाध्यक्षमा एलिना हिमाङ चयन भएका छन् । 

सदस्यहरुमा बद्रीनारायण यादव, एम महतो, रमिता दाहाल, अनुपम झा, आशाराम चौधरी, अनुभक्त चौधरी, कमल यादव भएका छन् । 

अधिवेशनको बुधबार नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री पद्मनारायण चौधरी र युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले उद्घाटन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ