arrow

न्युयोर्कमा हेलिकोप्टर दुर्घटना, २ को मृत्यु

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
helicopter.jpg

काठमाडौं । अमेरिकाको न्युयोर्कको उत्तरपूर्वी क्षेत्रमा एक हेलिकोप्टर दुर्घटना भएको दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । दुर्घटनामा परी थप २ जना घाइते भएको न्युयोर्कको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरु दुवैजना उक्त हेलिकोप्टरका सहयोगीहरु रहेको बताइएको छ । क्यानडाको सीमानाभन्दा २० माइल टाढा रहेको स्थानमा यो दुर्घटना भएको हो । 

प्रहरीले दिएको जानकारीअनुसार विद्युतीय तारमा होलिकोप्टर ठोक्किएर दुर्घटना भएको हो । प्रहरीले दुर्घटनामा घाइते भएकाहरुको स्थानीय उपचार गराएर घर पठाइसकिएको जानकारी दिएको छ ।

ट्रान्समिसनको तार अहिले मर्मतको क्रममा रहेको कारण हेलिकोप्टर तारमा ठोक्किएको अधिकारीहरुले जानकारी दिएका छन् । 

यसअघि गत जनवरी महिनामा ट्रान्समिसन लाइनको अनुगमनको टोलीको होलिकोप्टर पनि दुर्घटना भएको थियो । सो दुर्घटनामा परी २ जनाको ज्यान गएको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ