arrow

टर्कीको विवरण : दूतावास छिर्ने बित्तिकै खाशोग्गीको हत्या

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
jamal-khashoggi-journalist-killed.jpg

काठमाडौं । टर्कीले साउदी पत्रकार जमाल खाशोग्गीको साउदीको दूतावासमा छिर्ने बित्तिकै हत्या भएको खुलासा गरेको छ ।  उनी दूतावासमा प्रवेश गरेसँगै उनले घाँटी समाइएको टर्कीले बताएको छ ।

टर्कीले सार्वजनिक गरेको विवरणअनुसार साउदी दूतावासमा उनी आउनुभन्दा अगाडि नै हत्याको पूर्ण तयारी गरिएको थियो । 

टर्कीले यस विषयमा जानकारीको लागि धेरै प्रयास गर्दा पनि कुनै ठोस प्रमाण नपाइएको बताएको छ । साउदीका वरिष्ठ अधिकारीको तीनदिने भ्रमणको क्रममा यस किसिमको विवरण सार्वजनिक भएको हो । टर्कीले खाशोग्गीको हत्याको विषयमा सत्यतथ्य बाहिर ल्याउनका लागि माग गरेको छ । 

साथै टर्कीले खाशोग्गीको शवको अवशेष बाहिर ल्याउनका लागि साउदीसँग माग गरेको छ । अहिलेसम्म खाशोग्गीको शवको अवशेष पनि भेटिएको छैन । ५९ वर्षीय खाशोग्गी वासिङटन पोस्टका पत्रकार थिए । २ अक्टोबरमा इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा छिरेपछि उनी एकाएका हराएको समाचार आएको थियो । 

अमेरिकामा बस्दै आएका खाशोग्गी आफ्नी प्रेमिकासँग विवाहको लागि सम्बन्धित कागजातका लागि दूतावास पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ