arrow

कागजात नभएका ट्रिपर व्यवसायीको दादागिरि, सडकमै उतारे ५ सय ट्रिपर

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
triper.jpg

बुटवल । पाल्पाबाट सिमेन्ट उद्योगका कच्चा पदार्थ बोकेर रुपन्देही भित्रिएका ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएपछि ट्रिपर व्यवसायीहरु आक्रोशित भएका छन् ।  प्रहरीले बुधबार र बिहीबार गरि १ सय ३८ वटा ट्रिपर नियन्त्रणमा लिएपछि व्यवसायीहरु आक्रोशित बनेका हुन् ।

प्रहरीले आवश्यक कागजात नभएको भन्दै बुधबारदेखि ट्रिपर नियन्त्रणमा लिन थालेको हो भने व्यवसायीहरुले विना सूचना आफ्ना ट्रिपर नियन्त्रणमा लिएको गुनासो गरेका छन् ।  विना सूचना आफ्ना ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको विरोधमा ५ सय ट्रिपर सडकमै खडा गरेका छन् ।

प्रहरीले अनावश्क दु:ख दिएकाले आफुहरुले सडकमा ट्रिपर खडा गर्न बाध्य भएको ट्रिपर ढुवानी व्यवसायी चन्द्रमणि अधिकारीले बताए ।
 
उनले सिमेन्ट कम्पनीमा दुई दिनको कच्चा पदार्थ मात्र संकलन हुने र पुन: ट्रिपर संचालन नगरिए अर्घाखाँची र सर्वाोत्तम सिमेन्ट कारखाना बन्द हुने अवस्थामा पुग्ने चेतावनी बताए ।

व्यावसायीहरुले  सो बिषयमा मुख्यमन्त्री ज्ञापनपत्र बुझाउने व्यावसायी बिष्णु पाण्डेले बताए । वार्ड  प्रहरी कार्यालय बुटवलमा प्रहरी निरिक्षक हेम बहादुर के सी  खानी उत्खनन् प्रमाण पत्र र कर  तिरेको कागज नभएपछि नियन्त्रणमा लिएर र छिट्टै यो बिषय समाधान हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ