arrow

कतार एयरवेजले अवतरणका क्रममा पानी ट्याङ्करलाई दियो ठक्कर

logo
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
qatar-airways-2.jpeg

कोलकोता । एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याँकरमा ठक्कर दिएको छ ।

कतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्याँकरमा ठक्कर दिएको थियो । विमानस्थलका अधिकारीहरुका अनुसार, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेको छ । विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुलाई सुरक्षित रुपमा उद्धार गरिएको थियो ।

अधिकारीहरुले विमानमा भएको क्षतिको अनुसन्धान थालेको बताएका छन् । एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ