arrow

महान्यायाधीवक्ता खरेल पुगे जिल्ला कारागार

logo
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
Agni_kharel.jpg

विदुर । महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले आज विदुर–१ ढुङ्गेस्थित जिल्ला कारागारको निरीक्षण गरेका छन्। सो अवसरमा उनले कारागार कार्यालयले उपलब्ध गराउने सेवा सुविधा, दैनिक सिदाका बारेमा कैदीबन्दीसँग जानकारी पनि लिए।

महान्यायाधीवक्ता खरेलले भदौ १ गतेबाट लागू भएको नयाँ कानूनले पुरानो कानून विस्थापित गरेको सन्दर्भमा कैद मिनाहा भएर छुट्ने अवस्थाका कैदीबन्दीलाई किन नछोडिएको भनी कारागार प्रशासनसँग जानकारी लिए ।

“अहिलेको कानूनले ७५ प्रतिशत कैद भुक्तान गरेकालाई बाँकी कैद मिनाहा गरी छुट दिन सक्ने भनेर उल्लेख गरेको छ । हामीले त्यसलाई ५० प्रतिशत बनाउनु पर्छ भनेर प्रस्ताव गरेका छौँ”, उनले भने ।  कारागारमा हाल १४१ पुरुष र १९ महिला र एक शिशु रहेका छन् ।

निरीक्षणका क्रममा महान्यायाधीवक्ता खरेलले कैदीबन्दीको स्वास्थ्य, खानेपानी, सुत्ने स्थान र खानाको व्यवस्थाका बारेमा जानकारी लिएका थिए। कैदबन्दीले साँघुरो स्थानमा धेरै कैदीबन्दी बस्नुपर्दा समस्या भएको जानकारी गराएका थिए ।

निरीक्षणमा कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनाली, नायब महान्यायाधीवक्ता खगराज पौडेल, मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेलगायत सहभागी थिए । महान्यायाधीवक्ता खरेलले आजै जिल्ला प्रहरी कार्यालयका हिरासत कक्षसमेत निरीक्षण गरेका थिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ